![]()
साना सवारीमा खाँदिएर यात्रा गर्न बाध्य राजधानीका यात्रुहरुलाई नयाँ स्वरुपमा संचालनमा आएको साझा यातायातले नयाँ अनुभव मात्रै प्रदान गरेन । पुराना र साना बसको विकल्पमा राजधानीमा सुविधा सम्पन्न ठुला बस ल्याउन पर्ने वातावरण कै निर्माणमा समेत तत्कालीन समयमा साझा यातायातले ठूलो भूमिका खेल्यो ।
हो त्यही साझा यातायात अहिले पूनः समस्याग्रस्त बन्दै गएको छ । वातावरणमैत्री विद्युतिय बस बस खरिद गर्ने र यात्रुहरूलाई सुविधा सहित पर्यावरण संरक्षणमा पनि योगदान हुनुका साथै प्रविधिमैत्री पनि बन्ने योजना मुतावीक साझाले तीन सय विद्युतिय बस किन्ने योजना बनाएपनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।
विद्युतिय बस खरिदको लागी एड्भान्स स्वरुप दिन लागिएको करिब ३ अर्ब रुपैयाँ साझाले खर्च गर्न सकेको छैन । पूर्व भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महसेठ रहँदा नै अगाडि बढेको योजना मन्त्रालयमा नयाँ मन्त्री आएसँगै रोकिनुलाई कमिसन कै खेलको रूपमा हेरिएको छ । अन्यथा कुनै कारणबाट साझा बसको खरिद प्रक्रिया रोकिनुपर्ने कुनै कारण भने देखिंंदैन ।
बस खरिदको प्रक्रिया कता पुग्यो भनेर साझा यातायातका कार्यकारी निर्देशक भूषण तुलाधरलाई जिज्ञासा राख्दा तुलाधरले आफू पनि यो बिषयमा अनबीज्ञ रहेको उल्लेख गर्दै भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयमा मै सोध्न सुझाव दिए । पटकपटक मन्त्रालयमा ताकेता गर्दा पनि हामी विचार गरिरहेंका छौं भन्ने प्रतिक्रिया आउने गरेको समेत जानकारी दिए ।
यस बिसयमा भौतिक योजना तथा निर्माण मन्त्रालयका सचीव देवेन्द्र कार्कीसँग पटकपटक सम्पर्क गर्ने प्रयास गर्दा पनि उनले सहयोगी मार्फत उहाँ व्यस्त रहेको भन्ने प्रतिक्रिया बाहेक अन्य कुरा हुन सकेन ।
रघुबिर महासेठ मन्त्री हुँदै अगाडि बढेको खरिद प्रक्रिया कमिसन नमिल्दा उनले अगाडि बढाएका थिएनन् भने नयाँ मन्त्री वसन्त कुमार नेम्वाङले पनि साझाको उक्त प्रक्रियालाई अगाडि बढाउन फाइल रोकेर कमिसनको लागि दबाब दिईरहेको स्रोतले जनाएको छ ।
काठमाडौ महानगरपालिका, ललितपुर महानगरपालिका सहित गोदावरी, महालक्ष्मी नगरपालिका लगायतका स्थानीय सरकारकै सहकार्य साझा यातायातसँग छ । स्थानीय सरकारले नै अगाडि बढाउन ईच्छुक नदेखीनुलाई जानकारहरुले ओली सरकारको भ्रष्ट रुपमा अर्थ्याएका छन ।