![]()
pnews.com.np – मापसे गरी सवारी चेकिङ गर्ने प्रहरीलाई सर्वसाधारणले नियन्त्रणमा लिएका छन।
पोखरा महानगरपालिका २७ तालचोकमा मापसे गरी सवारी चेकिङ गर्ने प्रहरी हवल्दार भिम ब. यादव लाई सर्वसाधारणहरुले केहीबेर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । अहिले हवल्दार यादव र सर्वसाधारणको समाजिक सञ्जालमा भिडियो पनि भाइरल हुदैँ गईरहेको छ।
ईलाका प्रहरी कार्यालय डाँडाकोनाक बाट ड्युटिमा खटिएका तालचोकमा सवारी चेक जाँदै गर्दै गरेका हवल्दार भिम ब। यादवले मापसे गरेको सर्वसाधारणले चाल पाएपछि उनलाई घेरेर राखेका थिए ।
स्कुटर रोकेर चेकजाँच एवं सोधपुछ गर्ने क्रममा यादवको मुखबाट रक्सीको गन्ध आएको र त्यस पश्चात नजिकै रहेका स्थानीयहरुलाई खबर गरेको स्कुटर चालक रञ्जु गुरुङले वताईन ।
यस विषयमा ईलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटले हवलदार यादवलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षणको प्रक्रिया अगाडि बढाइएको बताए । उनले कसुर प्रमाणीत भएमा संगठनको नियमानुसार विभागिय कारवाही गरिने पनि वताए ।