![]()
काठमाडौँ / अ’ख्तियार दुरुपयोग अ’नुसन्धान आयोगले पछिल्ला ६ महिनाको अवधिमा घु’ससहित १ सय ४० जनालाई नि’यन्त्रणमा लिएर अदालतमा मु’द्दा दर्ता गरेको छ ।
घु’ससहित नि’यन्त्रणमा लिएकाबाट अख्तियारले १ करोड ३७ लाख ७० हजार ४ सय ६० रुपैयाँ जफत गरेको छ ।
अख्तियारको साउनको तथ्यांक केलाउँदा १९ वटा अप्रेसनमा १० जना इन्जिनियर फन्दामा परेका थिए ।
भदौमा मात्रै अख्तियारले आठ जना इन्जिनियरलाई नक्कली शैक्षिक योग्यता प्रमाणपत्रदेखि घु’स रकमसहित प’क्रा’उ गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।