![]()
Peoples News : इन्डोनेशियाको संसद्बाहिर एउटा प्रस्तावित कानुनको विरोध गरिरहेका प्रदर्शनकारीहरूविरुद्ध प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको छ । प्रस्तावित कानुनमा बिहेअघि यौन सम्बन्ध राख्न नपाइने प्रावधान तथा अन्य विवादास्पद कुरा राखिएपछि इन्डोनेशियामा त्यसको चर्को विरोध भएको छ । उक्त मस्यौदा कानुनविरुद्ध देशका अन्य स्थानहरू पनि विरोध भयो । मस्यौदा कानुन पारित भएर कानुन कार्यान्वयनमा आएपछि त्यसले गर्भपतनलाई प्रतिबन्ध लगाइदिनेछ भने देशका राष्ट्रपतिको अपमानलाई पनि अपराध मान्नेछ ।

‘इन्डोनेशियाको राजधानी सारिने’
महिला र पुरुषलाई समान कानुनी तथा आर्थिक अधिकार दिने देशहरू तत्कालका लागि उक्त मस्यौदा कानुनलाई पारित गर्ने विषयलाई पछि सारिएको छ। तर प्रदर्शनकारीहरू त्यो संसद्बाट अन्तत: पारित हुने चिन्तामा छन् ।
विवादास्पद मस्यौदामा के छ ?
प्रस्तावित अपराध संहितामा निम्न विषय छन् :
विवाहपूर्व यौन सम्बन्ध राख्नु अपराध हुनेछ र त्यसो गरेमा एक वर्ष जेल सजाय हुन सक्नेछ विवाह नगरी सँगै बसेमा छ महिनाको जेल सजाय हुन सक्नेछ राष्ट्रपति, उपराष्ट्रपति, धर्म, राज्यका निकाय र झण्डा तथा राष्ट्रिय गानजस्ता प्रतीकको अपमान गर्न पाइनेछैन
चिकित्सकीय कारण वा बलात्कारका घटनामा बाहेक गर्भपतन गरे अधिकतम चार वर्ष जेल सजाय हुन सक्नेछ
संसद्मा मङ्गलवार उक्त प्रस्तावित कानुनमा मतदान हुने योजना थियो। तर राष्ट्रपति जोको विडोडोले त्यसमा थप विचार गर्नुपर्ने भन्दै मतदान शुक्रवारका लागि स्थागित गरिदिए ।

किन हुँदैछ विरोध ?
मतदान सारिएको भए पनि इन्डोनेशियालीहरू उक्त कानुन संसद्बाट पारित हुने आशङ्का व्यक्त गर्छन्। देशको भ्रष्टाचार निवारण आयोगलाई कमजोर बनाउने एउटा कानुन पारित गरिएकाले पनि मानिसहरू आक्रोशित छन् ।
मङ्गलवार के भयो?
हजारौँ मानिसहरूले देशका विभिन्न सहरमा सडकमा भेला भएर प्रदर्शन गरे। तिनमा विद्यार्थीहरूको सङ्ख्या ठूलो थियो ।
संसद्का सभामुखलाई भेट्ने माग राखेर जकार्तास्थित संसद् भवनबाहिर प्रदर्शन गरिरहेका मानिसहरूको प्रहरीसँग भिडन्त भयो ।

इन्डोनेशियामा निर्वाचनको परिणाम घोषणा भएपछि हिंसा इन्डोनेशियामा ‘धेरै कामका कारण’ २७० निर्वाचन कर्मचारीको मृत्यु
प्रदर्शनकारीहरूले प्रहरीलाई ढुङ्गा हानेपछि प्रतिकार गर्दै प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गर्यो। एउटी महिलाले “मेरो गुप्ताङ्गमा सरकारको स्वामित्वमा छैन” भन्ने नारा भएको पोस्टर बोकेकी थिइन् ।

योग्याकार्ता र मकास्सर समेत अन्य स्थानमा दोस्रो दिन पनि प्रदर्शन जारी छ ।”भ्रष्टाचारविरोधी निकायसम्बन्धी नयाँ कानुन जनतालाई नभएर भ्रष्टाचारीको हितमा भएकाले हामी संसद्तिर गएर विरोध गर्दैछौँ,” पश्चिम जाभाका एक २१ वर्षीय विद्यार्थीले सामाचारसंस्था रोएटर्सलाई भने । जकार्तामा सुरक्षाका लागि पाँच हजारभन्दा बढी प्रहरीलाई खटाइएको छ ।