संविधान: कसरी बन्ला सर्वस्वीकार्य

Loading

Peoples News : चार वर्षअघि २०७२ साल असोज ३ मा नयाँ संविधान जारी हुँदाकै बखत देखिएका विवाद अझै साम्य भएका छैनन् । त्यतिखेरैदेखि यो संविधान अपूर्ण भयो र यसले पहिचानमा आधारित संघीयता लगायत उत्पीडितको हक अधिकार पूर्ण दिन सकेन भनी विरोध जनाउनेहरले अहिले पनि यसको आलोचना गरिरहेका छन् । तराईकेन्द्रीत कतिपय पक्षले त संविधान दिवसको दिनलाई कालो दिन भन्दै पनि आइरहेका छन् । बितेका सात दशकमा सातवटा संविधान भोगिसकेको नेपालले सर्वस्वीकार्य संविधानको आशामा पछिल्लोपटक जननिर्वाचित संविधानसभाबाटै संविधान बनाएको थियो ।

तर अझै पनि संविधान सर्वस्वीकार्य बनिसकेको पाइँदैन।
यसै सन्दर्भमा सत्ताधारी दल नेकपाका नेता एवं संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल र संविधानको आलोचना गर्दै आएको राष्ट्रिय जनता पार्टी राजपा नेपालको अध्यक्षमण्डलका सदस्य महिन्द्र राय यादवसँग गरिएको कुराकानी सुन्नुहोस् ।

अनि यो पनि:
संविधान दिवसमा राष्ट्रिय झण्डाको व्यापक प्रयोग गर्ने सरकारी योजना, टिसर्टको नमूना जारी
तराई केन्द्रित दलले चाहे अनुसार संविधान संशोधन गर्न सरकारले आनाकानी गरेको हो?
मौलिक हकसम्बन्धी ऐन बन्यो, कतिपय नियमावलीको मस्यौदा हुनै बाँकी

Leave a Comment