नेपाल वायुसेवा निगमलाई सुधार्छु: योगेश भट्टराई

Loading

Peoples News : नेपालका सार्वजनिक संस्थानहरूको दुर्दशा देखाउनु पर्‍यो भने धेरैले नेपाल वायुसेवा निगमलाई उदाहरणका रूपमा प्रस्तुत गर्ने गर्छन् । कहिले विमान खरिदमा प्रकरणमा जोडिएका भ्रष्टाचार काण्ड त कहिले चरम लापरबाहीका घटना एवम् कहिले नेतृत्वमा विवादमा निगम जोडिरहेको हुन्छ । नेपाल वायुसेवा निगमको सुधारका लागि सुझाव दिन गठन गरिएको एउटा कार्यदलले बुधवार पर्यटनमन्त्री योगेश भट्टराईलाई प्रतिवेदन बुझाएको छ ।


विमानको बक्यौता नेपाल सरकारले तिर्ने कि पूर्वराजा ज्ञानेन्द्रले वायुसेवा निगमलाई किन चाहियो रणनीतिक साझेदार?

यसअघि पनि यस्ता छवटा कार्यदल बने तर तिनका प्रतिवेदनहरू थन्किएका छन् । तर यसपटकको सुझाव कार्यदल ‘अन्तिम हुने’ र थला परेको नेपाल वायुसेवा निगमलाई माथि उठाउने मन्त्री भट्टराईले बताउने गरेका छन् । यसै बिषयमा ‘नेपाल सन्दर्भ’ कार्यक्रमका लागि मन्त्री भट्टराईसँग विष्णु पोखरेलले गरेको कुराकानी सुन्नुहोस् ।

Leave a Comment