![]()
Peoples News :

जीत बहादुर रायमाझी
पृष्ठभूमि र परिचयः
नेपालका प्रमुख शैव, शाक्त, वैष्णव, बौद्ध तथा अन्य धार्मिक ऐतिहासिक तथा सांस्कृतिक केन्द्रहरु मध्यजनक नन्दिनी जानकीको पावन पवित्र जन्मभूमि तथा वात्सल्य क्रिणाभूमि एवं वशिष्ठ, विश्वामित्र, यज्ञवल्क्य, श्रृंग, कपिल, कणाद, गार्गी, मैत्रेयी जस्ता तपोनिष्ठ तत्वमसी विद्धान दुषीहरुको बैदिक ज्ञान मन्थन केन्द्र जसलाई विश्वभाषाको प्रथम विश्वविद्यालय भन्न सकिन्छ, जसलाई विदेह– मिथिला भनेर अति प्राचीन नामले चिनिन्छ । यसका संस्थापक विदेह र मिथि जस्ता कर्म र ज्ञानक वाहक, जनकवंशी राजाहरुद्वारा बीजारोपण, पालन–पोषण, संरक्षण सम्र्वद्धन गरी हुर्काई अजरामर ल्याएको यस ऐतिहासिक मिथिलाको लोक–वैदिक सांस्कृतिक कला लोक लोक–वैदिक संस्कार र संस्कृतिको ऊपज हो । यस लोक वैदिक संस्कार र संस्कृतिका संवाहक मिथिलाका नारीहरुले यस कलालाई यसै लोक–वैदिक सौन्दर्य, आचार–विचार, व्यवहार तथा परम्परामा उत्तराधिकारी प्रणालीको माध्यमबाट अजस्र निरन्तरता दिई आईरहेका छन् । वास्तवमा मिथिला………. जनकहरुको आगमन पूर्व यहाँको स्कार, संस्कृति र कला आदिवासी लोकपरम्परागत रुपमा प्रचलित कृषि–संस्कृतिमा आभारित थियो । यसलाई बैदिक आलेक दिने काम बैदिक संस्कार र संस्कृतिको लामो अभ्यासको क्रममा एकाइसौं पुस्ताका सिरध्वज जनकका पालामा जनक नन्दिनी भूमिका (हलेष्ठी यज्ञका क्रममा जनकले सुनको हलोले भूमिमा जोत्दा फालीको टुप्पाले स्पर्श गरेर अवतरित भएकी सीता) र उनकी बहिनी (उर्मिला–लक्ष्मणकी धर्मपत्नी) द्वारा भएको थियो । यसमा जानकीकै भूमिका प्रमुख थियो र उर्मिला उत्तराधिकारी थिइन् । लोक सांस्कृतिक कलाको उत्तराधिकारी परम्परालाई वैदिक सांस्कृतिक कला परम्पराको पुट दिएर लोक वैदिक सांस्कृतिक परम्परा जानकी र उर्मिलाको योगदानद्धारा शुरु भएको हो भन्ने तथ्य बाल्मिकीय रामायण र आध्यात्मिक रामायणको सुक्ष्म अध्ययनबाट पाइन्छ) ।

यसभन्दा अघिसम्म वैदिक धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार विभिन्न वैदिक यज्ञ–अनुष्ठानहरु गर्दा जुन, यज्ञ–मण्डप र वेदिकाहरु बनाईथे, त्यहां वैदिक विधि अनुसार भुमि अलंकरण गरिन्थ्यो । त्यसले एउटा भुमि–शोभाको काम त हुन्थ्यो नै सामान्य दृष्टिकोणले हेर्दा तर त्यसमा विशेष गुढ रहस्यहरु प्रतिकात्मक चिन्हहरुका रुपमा सांकेतिक गरिएका हुन्थे । जुन कुरा केवल तत्नदर्शी चित्रकार ऋषिहरुले नै जान्दथे । जुन भूमि–चित्रलाई सर्वतोभद्र भन्ने नाम दिइएको थियो । त्यस्तो सर्वतोभद्र मिचित्र मैले जनकपुरको जानकी मन्दिर बनेको शताब्दी वर्ष पुगेको शुभ अवसरमा जानकी मन्दिरको तर्फबाट वि.सं २०५१ साल मंसिरदेखि फागुनको बीचमा सम्पन्न यज्ञ–अनुष्ठानको बेला देखेको थिंए ।

जानकीले तिनै ‘सर्वतोभद्र’ महामण्डलबाट सर्वप्रथम रामको स्वागतमा स्वस्तिक निर्माण गरेर अरिपनका विभिन्न रुपहरुको विकासमा पिता जनकलाई सहयोग प¥याईन् भने आफ्नै विवाहमा कोहबर रचना गरेर माइती र पति देशमा अर्को परम्पराको शुरुवात गरी मैथिली संस्कार र संस्कृतिलाई रचनात्मक कलाद्वारा समृद्ध बनाउन योगदान पु¥याइन् । यसले स्वभाविक र सहज रुपमा भित्तेचित्र र भूमिचित्रको आदिम परम्परामा वैदिक परम्परा जोडेर जानकीले नयाँ आयाम थपी दिईन् । यसका साथै लोकचित्रकला परम्परामा लोक चित्रकलाकारहरुका विभिन्न सौन्दर्य दृष्टिकोणहरु मध्य रचनात्मक एउटा महत्वपूर्ण उद्देश्य अतितका स्मृतिहरुपनि हुन्छन् । जसमा एउटा नवीन रुप दिईन्, नवीन आयाम थपेर उर्मिलाले राम–सीतासंग वनवास गएका पति लक्ष्मणको स्मृति–चित्र बनाएर ।

यसरी लोकपरम्परागत भित्तीचित्र र भूमि–चित्रकला परम्परामा वैदिक धार्मिक विषय–वस्तुहरुका साथै सामान्य भूमिशोभा चित्रणका साथ मन्त्र चित्रहरु पनि थपिए । संगसंगै चित्र सृजनाका लागि आधारभूमिहरुको पहिचान गरि विभिन्न आधारहरुको तयारी गरी चित्राकंन गर्ने प्रविधिहरुको पनि विकासमा योगदान पुग्यो । उदाहरणका लागि भित्तीचित्र, भूमिचित्र, पटचित्र, वस्तुचित्र, पात्र–चित्र, वस्त्रचित्र लगायत अन्य धेरै प्रकारका छन् । जो परम्परागत र समसामयिक मैथिली लोक–वैदिक चित्रकला–कृतिहरु हेर्दा लोक वैदिक तत्वहरुका अतिरिक्त पौराणिक, मध्यकालिन गाथाका विषयहरु र समसामयिक विषयहरु भत्तीचित्रहरुमा पाइन्छन् भन्ने भूमिचित्रकलामा संस्कार र कथा विभिन्न धार्मिक अनुष्ठानका अवसर अनुसार बनाइने् वैदिक, तान्त्रिक विषयका पनि सुक्ष्माति सुक्ष्म गुढ अर्थपरक महत्वका रहस्यमय रुपमा अंकित पाइन्छ । यिनै विषयगत चित्रहरु अब भित्ता र भूमिबाट विभिन्न आधारभूमिमा पनि सरिसके । तात्पर्य के भने पहिले चित्रकला पनि मुर्तिकला जस्तै आधारभूमिेले गर्दा अचल कलाका रुपमा स्थापित थिए । पछि–पछि विभिन्न कारणले गर्दा लोककला विभिन्न चल आधार–भुमिमा पनि सृजना भएर चल कलाका रुपमा स्थापित भए । जसमा प्रथम परम्परागत शास्त्रिय कला यस कोटीमा पर्दछ भने पछि समसामयिक प्रचलित व्यवसायमा आधारित भएर सृजना भइरहेका छन् । भन्न सकिन्छ मिथिला लोककला मिथिलाका संस्थापक विदेह मिथिलेश जनकवंशद्वारा पालित, पोषित तथा फलित–फुलित मैथिली लोक–वैदिक संस्कार र संस्कृतिको धरोहर हो । अर्थात मिथिला लोककलाको वयुत्पति र विकास–प्रक्रियाको इतिहास खोज्ने हो भने मिथिलाको राजनीतिक, सामाजिक, ऐतिहासिक तथा सांस्कृतिक जगको इतिहास जति पुरानो छ, त्यति नेै पुरानो र प्राचीन छ । जस्तोसुकै महान अस्तित्व र सत्ताको परिवर्तनको निमित्त भुत–कारण र समयको परिवर्तनशील कलाचक्रलाई स्वीकार गर्नुपरे पनि आत्मा मर्दैन भने श्रीमद् भागवत गीतामा श्री कृष्णको उपदेश जस्तै यस मैथिली लोक–वैदिक संस्कार, संस्कृति र इतिहासलाई लोककलाको विरासतको माध्यमबाट चिरस्थायी राखिराख्न इतिहासको जुनसुकै कालखण्डमा जस्तोसुकै नियतिको सामना गरेर होस् वा चुनौतिसंग संघर्ष गरेर होस् वा मुल्य चुकाएर होस् मिथिलानी गृहिणी नारीहरुको प्रतिभा तथा कला र संस्कृति प्रतिको अविरल एवं–अविछिन्न अनुराग चिरस्थायी निरन्तरताको योगदान जारी रहि आएको प्रति गर्व गर्नु पर्छ । जसको विश्व लोककला कै इतिहासमा आफ्नै मौलिक पहिचानयूक्त दर्शन, विषयवस्तु, अभिव्यक्ति शैली, सृजनात्मक प्रविधि तथा सौन्दर्य–जन्य विशिष्ताहरु अन्र्तनिहित छन् ।