चिनियाँ कम्युनिस्ट पार्टीका नेता काठमाडौंमा

Loading

Peoples News : काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीका सिलसिलामा काठमाडौं आएका ताओले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग शिष्टाचार भेट गरेका हुन्।

भेटमा चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमणको तयारी, सुरक्षा अवस्था तथा द्विपक्षीय हित तथा आपसी सम्बन्धबारे पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। kantipur

Leave a Comment