आम आदमी पार्टीको भ्रातृ समूह गठन

Loading

बारा, कलैया । असोज २ गते । आम आदमी पार्टीको जिल्ला स्तरीय विद्यार्थी तथा युवा समूह गठन भयो । सो समारोहमा जिल्ला अध्यक्ष सानु अन्सारी, केन्द्रीय प्रवक्ता भरत भुषण पाण्डेय तथा केन्द्रीय सदस्य कसमोद्दीन अंसारीको उपस्थिति थियो । अरुण कुमार यादबको संयोजकत्वमा २१ सदस्यीय आम आदमी युवा समूह तथा धीरज साहको संयोजकत्वमा २१ सदस्यीय आम आदमी विद्यार्थी समूहको जिल्ला स्तरीय समिति गठन भयो ।
जिल्ला अध्यक्ष तथा केन्द्रीय नेताहरुले नव प्रवेशी युवा तथा विद्यार्थीहरुलाई हार्दिक स्वागत गर्दै आम आदमी पार्टीको उद्देश्य अनुरुप मधेशमा वैकल्पिक शक्तिको रुपमा स्थापित हुन तथा मधेशलाई आन्तरिक औपनिवेशिक पीडाबाट मुक्ति दिलाउन युवाशक्तिलाई उर्जा मिलोस् भनेर शुभकामना दिनु भयो ।

Leave a Comment