बालिका बलात्कार गरी हत्या गर्नेलाई आजीवन कारावास

Loading

Peoples News : धनुषा — धनुषा जिल्ला अदालतले बालिका बलात्कार गरी हत्या गरेको ठहर गर्दै २ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ । औरही गाउँपालिका–२ परवाहाककी १० वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेका स्थानीय ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई आजीवन करावास सजाय सहितको आदेश दिएको हो ।

धनुषा जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले मुखिया र पण्डितलाई आजीवन करावाससहितको सजाय सुनाएको सरकारी वकिलको कार्यालय धनुषाका सहायक न्यायधिवक्ता शान्ति बरालले बताए ।

घर नजकै दसैंमा लागेको दुर्गा मेलामा नाच हेर्न गएकी बालिकालाई १० रुपैयाँको प्रलोभन देखाएर दुवै जनाले ०७५ असोज २६ गते राति गाउँभन्दा बाहिर लगेर बलात्कार गरी बालिकाको हत्या गरेका थिए। बालिकाको शव धान खेतको हिलोमा गाडिएको अवस्थामा फेला परेको थियो । kantipur

Leave a Comment