यमबहादुर बने सहायक रथी

Loading

मन्त्रिपरिषद् बैठकले सेनाका सहायक रथी दर्जाको विशेष पद (चार वर्षका लागि) सिर्जना गर्दै महासेनानी यमबहादुर अधिकारीलाई पदोन्नति गर्ने निर्णय गरेको छ। प्राविधिक प्रमुख सेनानी वानीरा थापा र अमूल कार्की ढलीलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नति गरिने भएको छ। मेलम्ची खानेपानी आयोजनाका श्रमिकको बाँकी ज्याला सम्बन्धित ठेकेदारबाट असुल गरी हिसाब मिलान गर्ने गरी राहतस्वरूप भुक्तानी गर्न स्वीकृति दिने निर्णय गरिएको सरकारका प्रवक्ता बाँस्कोटाले बताए।

इजिप्टका राष्ट्रपतिले दिए शुभकामनाइजिप्टका राष्ट्रपति अब्देल फथ्थाह इलसिसीले नेपाली जनता, सरकार र राजनीतिक दलका नेताहरूलाई राष्ट्रिय दिवसको शुभकामना दिएका छन्। यसका लागि उनका विशेष प्रतिनिधि च्याम्बरलिन अब्देल अजिज अल सरिफले नेपाली दूतावासमा आएर राजदूत झविन्द्र अर्यालसँग भेट गरेका थिए।

दूतावासले राष्ट्रिय दिवस मनाएको थियो। इजिप्टका सहायक परराष्ट्रमन्त्री हानी सलिम सहभागी भएको दूतावासले जनाएको छ। इजिप्टमा रहेको दूतावासले अफ्रिकी क्षेत्रका १८ मुलुकलाई हेर्छ। सहायक मन्त्री सलिमले नेपाल र इजिप्टबीचको सम्बन्ध परिपक्व हुँदै अघि बढेको बताएका थिए। नेपालले मनाउन लागेको भ्रमण वर्षमा इजिप्टको सहयोग र अनुभव बाँड्न तयार रहेको उनको भनाइ थियो।

Leave a Comment