![]()
Peoples News : बेइजिङ : बेइजिङमा नेपाली दूतावासले बिहीबार संविधान दिवस मनाएको छ। राजदूत लीलामणि पौड्यालले यसलाई नेपालले राष्ट्रिय दिवसका रूपमा मनाइरहेको बताए। चीन नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताको सम्मान गर्ने असल छिमेकी मुलुक भएको उनको भनाइ थियो ।

दुई मुलुकबीच दौत्य सम्बन्ध कायम भएदेखि चीनले नेपालको विकासमा पूर्ण सहयोग गर्दै आएको उनले उल्लेख गरे। उनले राष्ट्रिय दिवस समारोहका मुख्य अतिथि चिनियाँ उपविदेशमन्त्री ल्वो चाओहुईसँग टोस्ट गरेका थिए । दूतावासले आयोजना गरेको रात्रिभोजमा विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि, चिनियाँ पदाधिकारी, चिनियाँ व्यवसायी, चीनका लागि नेपालका पूर्वराजदूत, चीनमा अध्ययनरत र बसोबास गर्दै आएका नेपालीको उपस्थिति थियो । annapurna