सिराहा सप्तरी लागु औषधको हव बन्दै प्रशासन धृतराष्ट्र

Loading

People’s News प्रतिबन्धित लागुऔषधvसहित दुईजनालाई पक्राउ सिराहाको सीमावर्ती भगवानपुर गाउँपालिका– ३ स्थित भित्री सडक खण्डबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित  दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार ठाढी स्थित प्रहरी चौकी र सीमा सुरक्षा गुल्म हेड क्वार्टर इनर्वाबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा लहान नगरपालिका – १ बस्ने करिब २८ वर्षीय चन्दन चौधरी र वडा नं. ७ गणेशचोक बस्ने करिब ३३ वर्षीय लक्ष्मी साहलाई पक्राउ गरेको हो ।

सीमावर्ती भारतीय बजारबाट प्रदेश २–०२–००५ प ३३०६ नम्बरको स्कुटर चढेर नेपालतर्फ आउँदै गरेका दुईजनालाई चेकजाँचको क्रममा प्रतिबन्धित लागुऔषध बरामद भएपछि आइतबार राति पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारीले जानकारी दिए ।उनका अनुसार स्कुटरचालक रहेका साहको साथबाट दुई एमएलको २०–२० वटा डाइजिपाम तथा बुप्रेनर्फिन इन्जेक्सन, १६ वटा नाइट्राजिपाम ट्याब्लेट, दुई एमएलको १९ वटा प्रोमेथोजिन इन्जेक्सन, पाँच सय मिलिग्रामको एउटा मोनोसेफ, दुई एमएलको सुरिङ, ६० थान डिस्कोपाम र पाँच एमएलको एउटा स्टेरिलवाटर बरामद भएको छ । स्कुटर र लागुऔषध सहित पक्राउ परेका दुवैजनालाई सोमबार सिराहा जिल्ला अदालतमा उपस्थित गराई म्याद लिएर थप अनुसन्धान भइरहेको उनले बताए । 

<

p style=”text-align: justify;”>पछिल्लो महिनामा सात मुद्दा दर्ता : त्यसअघि प्रहरीले पछिल्लो साता लहान नगरपालिका– १० ग्रामीण चोकबाट प्रहरीले खैरो हिरोइनजस्तो पदार्थ बिक्री–वितरण गरिरहेको अवस्थामा एक युवतीसहित तीनजनालाई पक्राउ गरेको थियो । सिराहा प्रहरीका अनुसार पछिल्लो माघ महिनामा जिल्लाका विभिन्न ठाउँबाट प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएका ११ जनाविरुद्ध सातवटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् । उक्त अवधिमा १९० मिलिग्राम ब्राउनसुगर, २१ ग्राम ४४१ मिलिग्राम हिरोइन, १० ट्याब्लेट नाइट्राजिपाम, दुई एमएलको दुई–दुई एम्पुल फेनार्गन, डाइजिपाम र बुप्रेनर्फिन बरामद भएको छ । 

Leave a Comment