सामूहिक रात्रिभोजमा ओली(मोदी जमका भेट

People’s News : काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिङपिङले आयोजना गरेको सामूहिक रात्रिभोजमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । एससीओ‌ सम्मेलनको पूर्वसन्ध्यामा आयोजित रात्रिभोजमा उनीहरूबीच भेटवार्ता भएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीसँग भेट्न पाउँदा खुसी लागेको बताएका छन् । सामाजिक सञ्जाल एक्समा उनले भनेका छन्, ‘तियानजिनमा नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेट्न पाउँदा खुसी लाग्यो। नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष छ।’ भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको सम्बन्ध विशेष रहेको उल्लेख गरेका छन् । 
null
null

पिपुल्स न्युज

Leave a Reply