Peoplles News : आफ्नै छोराले आमाको हत्या गरेका छन् । घरायसी विवाद हुँदा सिन्धुलीको दुधौली नगरपालिका-१४ भौडी बस्ने ६५ वर्षीया फालकुमारी सुनुवारको हत्या गरिएको हो । उनलाई आइतबार छोरा वर्ष ४० का तुलाराज सुनुवारले फलामको खन्ती प्रहार गरेर फालकुमारीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सुर्य प्रकाश सुवेदीका अनुसार तुलाराजले आमा फालकुमारीको टाउको र छातीमा खन्ती प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो । घरायसी विषयमा विवाद हुँदा आमाको हत्या गरी फरार भएको अवस्थामा प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरी टोली र स्थानीयले तुलाराजलाई नियन्त्रणमा लिएका हुन् । इलाका प्रहरी कार्यालय डकाहका प्रहरी निरीक्षक सिमोन धितालको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनाका सम्बन्धमा अनुसन्धान थालेको जनाएको छ ।
