बम विस्फोट हुँदा सेनाका मेजरसहित तीन जनाको मृत्यु

Peoples News : काठमाडौं : ============== पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा बम विस्फोट भएको छ । कुर्दगाप तहसीलको काली पासन्द खान नजिक भएको घटनामा एक पाकिस्तानी सेनाका मेजरसहित कम्तीमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ । बीबीसी उर्दूसँग कुरा गर्दै एक वरिष्ठ प्रशासनिक अधिकारीले भने,‘अज्ञात हतियारधारी व्यक्तिहरूले यहाँ विस्फोटक पदार्थ राखेका थिए । 

उनले सुरक्षा बलका सवारी साधन गुज्रिरहेको बेला विस्फोट भएको बताए । विस्फोटमा एक सैन्य गाडी ठोक्किएको थियो। यसमा एक सेनाका मेजर र अन्य दुई सैनिकको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । पाकिस्तानी सेनाको मिडिया शाखा आईएसपीआरले घटनाबारे अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन । यस आक्रमणको जिम्मेवारी बलुच लिबरेशन आर्मीले लिएको छ ।

पिपुल्स न्युज

Leave a Reply