Peoples News : काठमाडौं : साताको चौथो सेयर कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १.९४ अंकले घटेर २८३२.०६ विन्दुमा अडिएको छ। मंगलबार नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा अडिएको थियो।
यसदिन ३२० स्क्रिप्सको २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता सेयर ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम मंगलबारको तुलनामा कम हो। मंगलबार ९ अर्ब ३३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा दुई कम्पनीको सेयर ७ प्रतिशत बढीले बढ्यो। विन नेपाल लघुवित्त वित्तीय संस्था र माहुली लघुवित्त वित्तीय संस्था र ट्रेड टावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। समाज लघुवित्त र स्वाबलम्वन लघुवित्त वित्तीय संस्थाको सेयर ७ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा नगदी ग्रुप शीर्षस्थानमा रह्यो। यसको २९ करोड मूल्य बराबरको सेयर कारोबार भयो। हिमालयन रिइन्स्योरेन्सले २८ करोडको सेयर कारोबार गर्दा शिवम् सिमेन्टको २४ करोड,एनआरएन इन्फ्रास्टक्चरको २३ करोड र बलेफी हाइड्रोपावरको २३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ११२ स्टक्सको मूल्य बढ्दा १३८ वटाको घट्यो। तीनवटा समूहको उपसूचक बढ्दा अन्यको घट्यो। इन्भेस्टमेन्ट,माइक्रोफाइनान्स र अर्दश समूहको उपसूचक बढ्दा अन्यको घटेको हो। savar