झाँक्रीले माधव नेपाललाई भने मरेको सिनो अध्यक्ष फेर्न दवाद

Loading

Peoples News : एमाले विभाजनपश्चात माधव नेपालको हात समाएर निर्वाचन आयोगमा दल दर्ताका लागि जाँदा युवा नेतृ झाँक्रीको चर्चा बढेको थियो ।

काठमाडौं : नेकपा एकीकृत समाजवादीकी पूर्वसचिव रामकुमारी झाँक्रीले पार्टीमा संकट आएकाले पुनर्गठन गर्नुपर्ने धारणा राखेको बताएकी छन् । पार्टी निकट युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उनले अध्यक्ष माधवकुमार नेपालका कारण पार्टीमा संकट आएकोले पार्टी पुनर्गठन गरेर जानुपर्ने बताएकी छन् । पतञ्जली जग्गा भ्रष्टाचारमा विशेष अदालतमा मुद्दा परेपछि नेपालको सांसद् पद निलम्बन भएको र अध्यक्षकै बारेमा संकट आएकाले अर्लि महाधिवेशन गर्नुपर्ने उनको तर्क छ । 

झाँक्रीले नेपाललाई लक्षित गर्दै अब काँधमाथि मरेको सिनो हालेर हिँड्न नसकिने बताइन् । ‘पार्टी बनाउने नै हो भने यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ, पार्टीमा अर्को ठूलो संकट छ। तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ, अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं, कसरी गर्ने ? अर्ली महाधिवेशन गरौं । उनले भनिन्,‘ अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ, कहाँ हुन्छ यसरी ? म त भन्छु, अब अर्ली महाधिवेशन गरौँ । कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ, अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।  

झाँक्रीले हलबाट नै नेतृत्व छान्नुपर्ने बताइन् । उनले मतदाता नामावली सारेर ल्याएका मान्छे र टीका लगाएर बनाएको केन्द्रीय समितिबाट पार्टी बन्न नसक्ने धारणा राखिन् । उनले भनिन्,‘हामी सुध्रिने हो भने, नयाँ ढंगले जानको लागि अर्ली महाधिवेशन गरौं, हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्नुहुन्छ । होइन भने- मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न । 
 

एमाले विभाजनपश्चात माधव नेपालको हात समाएर निर्वाचन आयोगमा दल दर्ताका लागि जाँदा युवा नेतृ झाँक्रीको चर्चा बढेको थियो । तर पछिल्लो समय झाँक्री र नेपालको सम्बन्धमा समेत दरार आएको छ । झाँक्रीले भनिन्, ‘हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि अर्ली महाधिवेशन गरौं, हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ । होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गामा पूर्वप्रधानमन्त्री नेपालको समेत संलग्नता किटान गर्दै दायर गरेको मुद्दामा बुधबार ३५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । आदेशपछि नेपाल ३५ लाख रूपैयाँको बैंक ग्यारेन्टी बुझाएर विशेष अदालतबाट बाहिरिएका थिए । पतञ्जलि योगपीठले हदबन्दीभन्दा धेरै जग्गा किनेको र त्यसलाई नेपाल प्रधानमन्त्री हुँदा ‘जुन प्रयोजनका लागि जग्गा खरिद गरिएको हो, सोही प्रयोजनमा मात्र प्रयोग गर्ने र खरिद गरिएको जग्गा बेचबिखन गर्न नपाउने गरी खरिद गर्न स्वीकृति दिने’ भनी निर्णय गरेको देखिएको अदालतको ठहर छ ।

विशेष अदालतको आदेशमा भनिएको छ,‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी प्रतिवादी माधवकुमार नेपालको तत्कालीन पदीय हैसियत र भूमिकासमेतलाई मध्यनजर गरी प्रस्तुत मुद्दाको पुर्पक्षका लागि नगदै ३५ लाख रुपैयाँ वा सो बराबरको बैंक जमानत दिए लिई तारिखमा राख्नु, उल्लिखित माग गरिएको धरौटी रकम वा बैंक जमानत दिन नसके विशेष अदालत नियमावली २०८० को नियम ३० को उपनियम (२) बमोजिम निज प्रतिवादीलाई थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनू ।’ धरौटीमा छुटेका एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई विशेष अदालतले साउन १३ गते अदालतमा उपस्थित हुन तारेख दिएको छ । savar

Leave a Comment