![]()
Peoples News : काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रास्वपाका सांसदहरूले संसदीय मर्यादा कायम गर्न नसकेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा शर्माले संसदीय व्यवस्थामा आफ्ना कुरा राख्ने र समाधान खोज्न सकिने भएपनि लामो समयदेखि सदनमा आफ्नो कुरा राख्ने र बाहिरिने कामले रास्वपाका सांसदहरूले संसदीय मर्यादा कायम गर्न नसकेको बताएका हुन् ।
उनले कुनै पनि विषयलाई आवेगमा आएर हेर्न नहुने भन्दै अराजक शैलीबाट मुक्त हुन रास्वपा सांसदहरूलाई सुझाव दिए । त्यस्तै शर्माले रवि लामिछानेको पक्षमा भन्दै गरिएको हस्ताक्षर अभियानप्रति पनि प्रश्न उठाए ।
लामिछानेले टेलिभिजनमा कार्यक्रम चलाउँदा अदालतको आदेश नमान्नेमाथि कडा प्रहार गरेको स्मरण गर्दै शर्माले अहिले अदालतको आदेशविरुद्ध हस्ताक्षरमार्फत् कसलाई दबाब दिन खोजेको ? भन्दै प्रश्न समेत गरे । ……