टेलिकमकी प्रबन्ध निर्देशक अर्यालसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

Loading

पिपुल्स न्युज : टेलिकमकी प्रबन्ध निर्देशक अर्यालसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर टेलिकमकी प्रबन्ध निर्देशक अर्यालसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी अर्यालसहित १८ जना विरूद्ध अख्तियार दूरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दूरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकममा बिलिङ प्रणाली मर्मत सम्भारका नाममा भ्रष्टाचार भएको निश्कर्ष निकाल्दै ३३ करोड बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलसहितलाई प्रतिवादी बनाएको छ । आरोपीहरूविरूद्ध ३३ करोडको बिगो मागदाबी गरिएको छ । 

नेपाल टेलिकमकमा बिलिङ प्रणाली पुरानो हुँदा फोन नलाग्ने, लागे पनि काटिने लगाएतका समस्या देखिएपछि नयाँ प्रणाली जडान गर्नु पर्ने निर्णय भएको थियो । तर प्रबन्ध निर्देशक सहितको मिलेमतोमा पुरानै प्रणाली जडान गरी एसिया इन्फनो कम्पनीलाई मर्मत सम्भारको जिम्मोवारी दिइएको थियो । 

हरेक वर्ष ६५ करोड दिने भन्दै टेलिकमले मर्मतका लागि बिना प्रतिस्पर्धा एसिया इन्फोलाई जिम्मा लगाएको थियो । नयाँ प्रणाली जडानका लागि टेन्डर प्रक्रिया समेत अगाडी बढीसकेको अवस्थामा सुनिल पौडेल प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेर आएपछि टेण्डरनै रोकिएको थियो । 

पुरानै बिलिङ प्रणाली मर्मतका नाममा टेलिकमको रकम चुहावट भएको र त्यसबाट ३३ करोड क्षति भएको दाबी अख्तियारले गरेको छ । 

Leave a Comment