![]()
Peoples News : भारतमा कोभिडको नयाँ भेरिअन्ट फैलिन थालेसँगै चिन्ता बढिरहेका बेला नेपालमा पनि सङक्रमण देखिएको अधिकारीहरूले बताएका छन् । यद्यपि ‘र्यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडीटी) का क्रममा सङक्रमण पुष्टि भए पनि ती नमूनाहरूको थप परीक्षण भइरहेको उनीहरूले बताएका छन् । भारतसँग सीमा जोडिएको सुदूरपश्चिमको धनगढी नाकामा बुधवार र बिहीवार गरिएको ‘र्यान्डम’ परीक्षणका क्रममा चारजनामा सङ्क्रमण देखिएको हो । महाराष्ट्र, दिल्ली र गुजरातबाट आएकाहरूमा सङ्क्रमण देखिएको हो,” सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डाक्टर खगेन्द्र बमले भने, “अछाम, डोटी, कैलाली र बर्दिया घर भएका उनीहरूलाई घरै ‘आइसोलेन’मा बस्न अनुरोध गरेर पठाएका छौँ । पिसिआरका निम्ति नमूना सङ्कलन गरी पठाइएको उनले बताए ।
भारतमा सङ्क्रमण बढ्दा नेपालमा चिन्ता :
तस्बिर स्रोत,
त्यत्रो जनसङ्ख्या भएको देशमा चार पाँच हजार जनामा सङ्क्रमण देखिनु ठूलोजस्तो नलागे पनि हामी सतर्क भएका छौँ,” प्रवक्ता बुढाथोकीले भने, “सत्रवटै स्थल नाका र तीनवटै हवाई नाकामा सतर्कता बढाउनुका साथै देशका सबै प्रयोगशालाहरूलाई तयार अवस्थामा राखेका छौँ । सङ्क्रमण बढेको पाइएमा र चालिस पचास जनामा सङ्क्रमण देखिएमा मात्रै ‘जिन सिक्वेन्सिङ’ गर्नतर्फ लागिने उनले बताए । ‘जिन सिक्वेन्सिङ’ सङ्क्रमणको भेरिअन्टको पत्ता लगाउन गरिने महँगो र जटिल किसिमको परीक्षण हो ।
कुन भेरिअन्ट

प्रवक्ता बुढाथोकीका अनुसार अहिले देखिएको सङ्क्रमण कोभिडको एकदमै नयाँ भेरिअन्ट होइन। भारतीय स्वास्थ्य संस्थाहरूका विवरणलाई आधार मान्दा अहिले फैलिएको सङ्क्रमण नयाँ नभइ पुरानै ओमिक्रोन भेरिअन्टको म्युटेशन हुँदै बनेको जेएन १ र त्यसका सब–भेरिअन्टहरू भएको पाइएको उनले बताए । विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओले पनि भारतमा देखिएका मामिलाहरूको अनुगमन गरिराखेको छ । डब्ल्युएचओ र भारतकै कतिपय रिपोर्टहरूले पनि यो भेरिअन्ट त्यति घातक नभएको जनाएका छन,” उनले भने, “तर सँगसँगै दीर्घरोगी, वृद्धवृद्धा तथा प्रतिरोधी क्षमता कम भएका अर्थात् जोखिम समूहमा पर्ने मानिसहरू अस्पताल भर्ना हुनुपर्ने अवस्था देखिनुका साथै सङ्क्रमणकै कारण केहीको मृत्यु पनि भएको पाइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च इकाइका प्रमुख डाक्टर शेरबहादुर पुन हाल देखिएको सङ्क्रमणको विस्तारलाई स्वाभाविक नै मान्छन् । “महामारीको स्थिति अन्त्य भइसकेपछि मान्छेहरूको आउजाउ व्यापक भयो,” उनले भने, “त्यसका साथै अहिले फैलिएको भेरिअन्टलाई कम घातक भनिए पनि सङ्क्रामक चाहीँ छ । डब्लुएचओले सङ्क्रमणका पछिल्ला घटनाहरूलाई निगरानीमा मात्रै राखेकाले डराइहाल्नु पर्ने नभए पनि सतर्क भने हुनुपर्ने डाक्टर पुन बताउँछन्।
पुन: खोप लगाउनुपर्छ ? :
तस्बिर स्रोत,RSS
तयारी
तस्बिर स्रोत,GETTY IMAGES
बुढाथोकीका अनुसार नेपालको हालको स्वास्थ्य प्रणालीले एक लाख मानिसहरूलाई अस्पतालमा भर्ना गरेर सेवा दिन सक्छ। “त्यो सङ्ख्या लाखौँ भइदियो भने त सक्ने कुरा हुँदैन। त्यस्तो स्थिति नआओस् भन्नका निम्ति जनस्वास्थ्य मापदण्डको पालना महत्त्वपूर्ण हुन्छ ।
सुझाव

डाक्टर पुन डेल्टाको तुलनामा अहिलेको भेरिअन्ट कम घातक देखिए पनि यसले ज्येष्ठ नागरिक र दीर्घरोगीलाई दु:ख दिन सक्ने बताउँछन् । अस्पतालमा आफूले गरेको अनुभव र सञ्चारमाध्यममा आएका बाहिरका विवरणहरूले पनि त्यही देखाएको बताउँदै उनले अहिलेको सङ्क्रमणलाई नजरअन्दाज गर्न नहुने बताए । महामारी अन्त्य भइहाल्यो अब केही हुँदैन भनेर ढुक्क भएर हिँड्नुभन्दा भिडभाडको ठाउँमा ख्याल गर्ने, मास्क लगाउने र साबुनपानीले हात धुनेजस्ता हामीलाई पहिल्यैदेखि थाहा भएका कुराहरूलाई बेवास्ता नगरौँ,” उनले भने, “यसले कोभिडको सङ्क्रमणबाट त जोगाउन सक्छ नै, सँगसँगै अहिले मनसुन सिजनमा देखिने झाडापखाला, टाइफाइड तथा रुघाखोकी आदिबाट पनि जोगाउँछ ।
विशेष गरी ज्येष्ठ नागरिक र दीर्घरोगीहरूको स्वास्थ्यप्रति सतर्क हुनुपर्छ । यदि कोही व्यक्ति सङ्क्रमण फैलिएका स्थानहरूबाट आएको छ र लक्षणहरू पनि देखिएको छ भने तत्काल घरपरिवारका मानिसहरूसँग घुलमिल नगरी केही दिन अलग्गै बसेको उत्तम हुन्छ ।