कुलमान लाई स्पष्ठिकरण??

✍️ सरल सहयात्री

कुलमानलाई स्पष्टिकरण !!
कुलमान !
अन्धकार नेपाललाई किन उज्यालो बनायौ?
टुकी बालेर सुतेका रातहरू किन चहकिला गरायौ?
जगदुल्ला जस्ता सयौं कमिसन आउने बाटो किन रोक्यौ ?
हरेक योजनामा हुने घोटालालाई किन बन्द गरायौ ?
यसरी देशलाई अघि बढाएर, हामीलाई पछाडी किन धकेल्यौ ?

कुलमान! तिमीलाई अरुपनि छन् प्रश्न !
डेडिकेटेड लाइनको बक्यौता उठाएर ती ठगलाई किन रुवायौ ?
ठगिको रकममा सबैको हक लाग्थ्यो भन्ने किन बुझेनौ ?
ज-जसले लाइन जोड्न घुस खाँन्थ्यो, तिनको पेशामा किन धावा बोल्यौ ?
प्राधिकरणको अरबौंको घाटा मेटाएर नाफामा किन लग्यौ ?

तिमिलाई लाज लाग्नुपर्छ कुलमान !
किन ग्रिडको शक्ति बढायौ?
छिमेकीलाई बिजुली बेच्नेगरी आत्मनिर्भर बाटोमा किन हिडायौ ?
फुरफुर गर्दै कर्णालीका कुनासम्म बत्ती बालेर जनता किन हँसायौ?
किन सरकारको निद्रा खोसि कुर्सीमा धक्का लगायौ?
किन आफ्ना खल्ती भरेनौ र भ्रष्टाचार गर्न अघि सरेनौ?
किन इनभटर दलालका सपनाहरू नष्ट पार्यौ ?
किन भ्रष्टचारीका मन अँध्यारो बनाएर जनताको मन जितिरहयौ ?
किन देशप्रेममा बाँधिएर यत्रो अपराध गर्ने दुस्साहस गरिरहयौ ?

यसकारण सरकारले स्पष्टिकरण सोधेको छ –
तिमीलाई त्यो पदबाट किन नहटाउने??
सभार:सरल सहयात्रीको वालबाट।

Jwala Sharma

Leave a Reply