भित्रयाउन लागेको धानबालीमा फौजी किराको प्रकोपले किसान चिन्तित

पिपुल्स न्युज //बिरेन्द्र सरदार सप्तरी// : सप्तकोशी नगरपालिकाका अधिकांश वडाहरुको धान बालीमा फौजी किराको प्रकोप देखिएको छ । पाकिसकेको धान घर भित्रियाउने बेलामा फौजी किराको प्रकोपले किसान चिन्तीत बनेका छन् । धान पूर्णरुपमा पाकिसकेको अवस्थामा फौजी किराको प्रकोपले किसानलाई धान भित्राउन हम्मे परेको छन् ।कतिपय किसानले धान काटीसकेका छन् भने अधिकांश काट्ने तरखरमा रहेका छन् ।

कीराले खेतमा लागेको धानको पात र वाला समेत काटेर भुइँमा झार्ने गरेको किसानहरूले बताउँछन् । धान पाकिसकेको कारण भित्रियाउने बेलामा कीराले दुःख दिएको गुनासो किसानहरुको छ । कतिपय किसानहरूले कीटनाशक विषादी छरकिन सुरु गरेका छन् भने धेरै जसोले पराल गाई वस्तुलाई खुवाउन समस्या हुने भएकोले विषादी प्रयोग नगर्ने बताएका छन् । पालिकाका वडा नं ४ भठि चौरी र वडा न ३ अन्तर्गत कल्याणपुरका केही भाग बढी प्रभावित रहेको छ ।स्थानिय किसानहरूले नगरपालिकाका कृषि शाखामा जानकारी गराएका छन् ।त्यहाँबाट फौजी किरा कहाँबाट र कसरी आएको बारे अध्ययन गरी यसको रोकथाम गर्ने प्रयास भई रहेको जानकारी गराउनु भएको छ ।

पिपुल्स न्युज

Leave a Reply