२२ कात्तिक, काठमाडौं । छठ पर्वको मुख्य दिन बिहीबार साँझ ब्रतालुले अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएका छन् ।
बिहीबार काठमाडौंका छठघाटहरुमा पुगेका ब्रतालुले छठको पूजा गरी सूर्यको उपासना गरेका छन् । बिहीबार सूर्यास्तअघि नै ब्रतालुहरु काठमाडौंको कमलपोखरी, गौरीघाट लगायतका छठघाटमा पुगेर आआफ्नो छठघाट सजाइसकेका थिए । त्यसपछि अस्ताउँदो सूर्यलाई अर्घ दिए ।
काठमाडौंमा बसोबास गर्दै आएका तराईवासीले यहींका छठघाटमा पूजा आराधना गर्दै आएका छन् । काठमाडौंका बागमती, विष्णुमतीलगायत नदीमा ठाउँठाउँमा छठ पूजास्थल बनाइएको छ भने कमलपोखरी लगायतका जलाशयमा पनि छठपूजा गरिएको छ ।