करोड़ो भ्रस्टाचार गर्दा समेत लाख तिरी छुट्न पाउने नियम नेपालमा

Loading

पिपुल्स न्युज काठमाडौँ : नेपालको कानुन दैब ले समेत नजानुन भन्ने उखान देशमा लागु हुदै पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा पक्राउ परेका तत्कालीन सदस्यसचिव मिलनकुमार थापालाई तीन लाख धरौटी छुटेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा मिलनकुमार थापा, तत्कालीन सदस्य–सचिव डा प्रदीप ढकालसहित तीन जनाविरुद्ध जनही १७ लाख १ हजार ७८१ रुपैयाँ बिगो माग दाबी गर्दै गत असोजमा मुद्धा चलाएको थियो ।

अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा सदस्य–सचिव थापा, तत्कालीन सदस्य–सचिव ढकाल र कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले थापालाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

Leave a Comment