गृह मन्त्रीको गंगालाल मा उपचार हुँदै

Loading

पिपुल्स न्युज : माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठको गंगालाल अस्पताल बाँसबारी मा उपचार भई रहेको छ। छातीमा केहि असहज महसुस भै नियमित स्वास्थ्य परिक्षणको क्रममा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र मा  मङ्सिर १९ गते बेलुकी Angiogram गरी देब्रे नसा (left Anterior Descending Coronary Artery) को Angioplasty सम्पन्न भएकाे छ। यसअघि करिब ७ हप्ता अघि चिन भ्रमणको क्रममा उहॉंको left circumflex artery मा Angioplasty गरिएको थियो । मन्त्री ज्यु को स्वकिय सचिबालय का अनुसार अस्पतालको

सघन कक्षमा डाक्टर को निगरानी मा उहॉंको उपचार भई रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल श्रोत ले बताएको छ। प्रधानमन्त्री पुषकमल दाहाल ले आज बिहानै अस्पतालमागै उहाँको स्वास्थ्य स्थिति को बारेमा जानकारी लिनु भई सिघ्र स्वास्थ्य लाभ को कामना गर्नु भएको सचिवालय श्रोत ले जानकारी गराएको छ।

Leave a Comment