![]()
भारतको जस्तै समस्या : विगत केही दिनदेखि लाहोरको वायु गुणस्तर सूचक करिब ४०० अङ्कको आसपास छ । साान्यतया १०० वा त्यसभन्दा कम अङ्कको वायु गुणस्तर सूचकलाई सन्तोषजनक मानिन्छ । यो सहर भारतको अमृतसर सहरसँग जोडिएको छ । अहिले उत्तरी भारत पनि विषाक्त तुवाँलोबाट आक्रान्त छ । भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको तहले चेतावनीको स्तर पार गरिसकेको छ । मङ्गलवार त्यहाँको वायु गुणस्तर सूचक ३०० थियो । सामान्यतया ३०१ देखि ५०० सम्मको अङ्कमा वायु गुणस्तर हुनुलाई हानिकारक मानिन्छ ।
दैनिक जनजीवन प्रभावित : लाहोरका केही बासिन्दाले बीबीसी उर्दूलाई बताएअनुसार त्यहाँको वायुको गुणस्तर बारम्बार अत्यन्त हानिकारक तहमा पुग्छ । यसले उनीहरूको स्वास्थ्य र दैनिक जनजीवन प्रभावित पार्ने गर्दछ । विषाक्त वायुमण्डल हाम्रो जीवनकै अङ्ग बनिसकेको छ, कामका लागि दैनिक मोटरसाइकलमा आवतजावत गर्ने व्यापारी अमीर हाज्माले बताए । सामान बेच्नका लागि म विभिन्न ठाउँमा जान्छु । दिनभरि लामो समय काम गरेर घर जाँदा वायुप्रदूषणका कारण मेरा आँखा राता भएका हुन्छन् र चिलाउँछन् । बारम्बार बिरामी पर्दा मेरो काम पनि प्रभावित भएको छ । अहिले पनि म रुघा, खोकी र घाँटी दुखाइबाट पीडित छु र आफूलाई स्याहार गरिरहेको छु,” उनले भने । तुवाँलोका कारण मुख वरिपरि सुनिएपछि आफ्नी डेढ वर्षे छोरीले राम्रोसँग खानपिन गर्न नसकेको सारा जीशनले बताइन् ।तुवाँलोमा निरन्तर बस्दा दीर्घकालीन रूपमा स्वास्थ्यमा हानि हुने र फोक्सोको क्यान्सरसमेत हुन सक्ने चिकित्सकहरू बताउँछन् ।
प्रदूषणको कारण : हिउँद याममा खेती गर्नका लागि खेत खाली गर्न धान गहुँ जो जस्ता अन्नबालीका ठूटा जलाउने प्रवृत्ति नै वायुप्रदूषणको मूल कारण भएको केही विशेषज्ञहरू बताउँछन् । स्थानीय सञ्चार माध्यमहरूका अनुसार पाकिस्तानी सरकारले गत साता यस विषयमा भारतीय अधिकारीहरूसँग कूटनीतिक तहमा कुरा गर्ने बताएका थिए। उनीहरूले यस विषयमा विस्तृत जानकारी भने दिएनन् । तर केही विशेषज्ञहरूका अनुसार पाकिस्तानी किसानहरूले पनि भारतीयहरूको जस्तै अवशेष जलाउने गर्दछन् । पन्जाबमा स्वास्थ्य संस्था, किराना पसल र ग्यास स्टेशनहरू भने खुलै रहन्छन् । अधिकारीहरूले बाहिरै जानै पर्ने भए मास्क लगाउन स्थानीयवासीलाई सचेत गराएका छन् । प्रदूषणको समस्या समाधानका लागि सरकारले लागु गरेका नीतिहरू “हतारमा तयार गरिएका भएकाले काम नलाग्ने” वातावरणविद् रफी आलमले बताए । समस्यालाई समस्याका रूपमा पहिचान नगरेसम्म तपाईँ यसलाई कसरी समाधान गर्न सक्नुहुन्छ ? साताको तीन दिन पानी छम्केर वा विद्यालय बन्द गरेर तुवाँलोको समस्या समाधान हुन्छ त ? उनले भने । शिकागो विश्वविद्यालयले तयार गरेको वायु गुणस्तर जीवन सूचकका अनुसार लाहोरलगायत पाकिस्तानका सबैभन्दा प्रदूषित क्षेत्रमा वायुप्रदूषणले मानिसको जीवन करिब सात वर्षको दरले छोट्टिने गर्दछ ।