मधेश प्रदेशलाई प्रचण्डको आश्वासन

Loading

Peoples News (मधेश प्रदेश न्युज व्युरो) : प्रदेश प्रहरीबारे ध्यानाकर्षण पत्र बुझाउन गएका मधेस प्रदेशका मुख्यमन्त्री यादवसहितको टोलीलाई प्रधानमन्त्री प्रचण्डले उक्त समस्या चाँडै समाधान गर्न पहल गर्ने आश्वासन दिएका छन् । सङ्घ सरकार यस विषयमा गम्भीर छ र चाँडै प्रहरी समायोजन भन्ने चाहेको छ । हामीले त्यतातर्फ काम गरिरहेका छौँ, तपाईँहरू ढुक्क हुनु भए हुन्छ,” उनले प्रदेश सरकारको टोलीलाई भनेको उद्धृत गर्दै मधेसका मुख्य न्यायाधिवक्ता ठाकुरले भने । यद्यपि उनको आश्वासनबाट प्रदेश सरकार आश्वस्त बन्न नसकेको मुख्यमन्त्री यादवले बताएका छन् ।

प्रधानमन्त्रीसँगको भेटपछि बालुवाटारबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरूसँग भने, “प्रधानमन्त्रीले तपाईँहरूको माग जायज हो । यो तीस दिनभित्रै समायोजन हुन्छ भन्नुभयो । त्यसबीचमा भएन भने हामी फेरि आन्दोलन गर्छौँ । ठाकुरले दिएको जानकारी अनुसार अन्य प्रदेशबाट पनि यस्तो माग आएको भए आफूलाई सहज हुने पनि बताएका थिए ।

Leave a Comment