आन्दोलन गर, वार्ता गर, स्कूल बन्द नगर : अभिभावकको चेतावनी

Loading

People’s news : सामुदायिक विद्यालयको पठनपाठन नै अवरुद्ध हुने गरी शिक्षक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि विद्यार्थीहरूका अभिभावकहरूले आक्रोश व्यक्त गरेका छन् । उनीहरूले आफ्ना मागहरू सम्बोधन गर्दा लाखौँ विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्न नहुने सुझाव दिएका छन् । एकजना अभिभावक सावित्री आचार्यले भनिन्, ‘आन्दोलन गर, वार्ता गर तर अबदेखि स्कूल बन्द नगर ।

विद्यालय शिक्षासम्बन्धी एउटा विधेयकमा समेटिएका विभिन्न प्रावधानप्रति असहमति जनाउँदै देशैभरि आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू भेला भएका थिए । शिक्षकहरूको माग सम्बोधन गर्ने सहमती सरकारले जनाएपछि आन्दोलन फिर्ता हुने भएको छ । 

Leave a Comment