![]()
पिपुल्स न्युज मधेश प्रदेश ब्युरो : समृध मदेश को अबधारना मधेश मा रहेको सम्पुर्ण जात जाती को आ आफ्नै मैलिक पहिचान , संस्कृति र धर्म रहेकोमा बिगत केही बर्ष देखि मधेश को पहिचान नै समाप्त गर्ने रणनीति भएको छ, मधेश आन्दोलनबाट केही उपलब्धि त भयो तर जुन अवस्था मधेश को हुनुपर्ने थियो त्यो हुन सकेन, तसर्थ मधेसका युवा सम्पुर्ण मिलि मधेश प्रदेश को समृद्धि को लागि एक शान्तिपूर्ण आन्दोलन वा संघर्स गर्नु पर्ने देखिन्छ ।
मधेश को पहुच सरकार को हरेक सम्यन्त्रमा हुनु पर्ने भएको छैनन्, नेपाल को आर्थिक छेत्रमा समेत मधेशको प्रमुख योगदान छ तर सरकारले उपेक्षा गरेको देखिन्छ
शिक्षा, स्वास्थ, खनेपानी, रोजगार र मुख्य त कृषि को लागि आबस्यक बस्तु पनि समयमा प्रयाप्त उपलब्ध नभएर झन यो प्रदेशलाई दोस्रो दर्जाको झै व्यबहार भएको पाइयो । आज मधेसका धेरै जसो युवा बिदेशिनु पर्ने अवस्था छन ।
मधेश को महिला प्रति त झन बढी अन्याय भएको देखिन्छ यी सब कारणले मधेशमा बस्ने सम्पुर्ण नागरिकको अवस्था दोस्रो दर्जा को भएको पाइन्छ । मधेश समाज को उथान नै नेपाल को उथान हो भन्ने नारा का साथ समृद्धि मधेश फाउन्डेसन को उदय भएको हो।
यो फाउन्डेसन ले मधेश को हरेक मथी उल्लेखित समस्या को समाधान गरि एक परिवर्तन मधेश प्रदेश को निर्माण मा आफ्नो हरेक कार्यक्रम संचालित गरि अगाडी बदने प्रमुख उदेश्य राखेको छ । श्रोत अनिल कर्ण