काठमाडौँमा बस्तिमा खोला पसेको होइन खोलामा बस्ति पसेको हो

Loading

पिपुल्स न्युज काठमाडौँ : आजको यो स्थिति आउँछ भनेर २०४५ सालमा Dr. Prakash Chandra Lohani आवास तथा भौतिक योजना मन्त्री हुँदा पास गरेका योजना अति उत्तम थिए तर सिनो समेत खान नछोड्ने जमातले खोलामै बस्ति बसाले –

– काठमाडौँ उपत्यकाका ठूला नदीहरू छेऊमा ५०/५० मिटर र साना नदीहरू छेऊ अलि कम खुला क्षेत्र छोड्ने,

– उपत्यकामा कहाँ वस्ती बसाउने र कहाँ नबसाउने भनेर ‘डोल’ र ‘टारी’ क्षेत्र निर्धारण गर्ने,

– वीरेन्द्र अन्तर्राष्ट्रिय सभाहल अगाडि फ्रान्सको ‘साँजलिजे’ को अवधारणामा विशाल सौन्दर्यपूर्ण खुला क्षेत्र निर्माण गरी त्यहाँबाट फराकिलो सिधा बाटोले पाटनलाई जोड्ने योजना बनेर मन्त्रीपरिषदबाट पारित भइसकेको थियो।

राजा वीरेन्द्र सो योजनाका बारेमा अत्यन्त उत्साहित थिए। तर २०४६ सालमा प्रजातन्त्र आएसँगै पञ्चायतको त्यो ‘प्रतिगामी’ योजना खारेज भयो। र आज काठमाडौँका नदी र फाँटहरूले यो दुर्दशा भोग्नु पर्यो। नदी वस्तीमा पसेको होइन। वस्ती नदीमा पसेको हो।

ईश्वर, तिमी कतै छौ भने – र यो उपत्यकामा जताततै छौ – अग्रगमनको बाढीले अग्रगामीहरूको ‘मयल’ पखालिदेओस्!

Leave a Comment