अख्तियार दुरुपयोग अनुसन्धानको इतिहास मै ठुलो काम प्लम्बरलाई पाँच हजार घुस सहित गरे पक्राउ

Loading

पिपुल्स न्युज : काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाललाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड महाँकालमा कार्यरत खुलालले सेवाग्राहीबाट ५ हजार घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

झापा गौरीगन्ज घर भई हाल कपन बस्दै आएका ५० वर्षीय खुलाले सेवाग्राहीसँग धारा जडान गर्नका लागि भन्दै रकम माग्ने गरेको सूचनाका आधारमा टंगालबाट खटिएको आयोगको टोलीले पाँच हजार रुपैयाँ घुस लिँदै गर्दा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिउको प्रवक्ता भण्डारीले बताए । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए । आज को कान्तिपुरमा

Leave a Comment