सहकारीहरुको बढ्दो पलायनको कारण ऋण लगानीमा बिभागद्वारा हदै सम्मको कडाय

Loading

पिपुल्स न्युज काठमाडौं। सहकारीमा सहकारीगात नीति नियमको ज्ञान नभएका व्यक्तिहरु संचालक समितिमा बस्दा र तिनले गर्ने गरेको निर्णय तथा सहकारीगात लगानी मनपरी दिने चलनको कारण सहकारी डुब्ने, ऋण समयमा नउठने, ऋण लागेको व्यक्तिको ऋण तिर्ने आधार नहुने, सहकारीमा चिनजानको भरमा जग्गाको भरमा ऋण लिने उक्त ऋण फिर्ता गर्ने जस्ता आधार नहुने जस्ता आफ्नै नियम लगाउने संचालक समितिको कारण टाट पल्टिदै गरेको देखिन थालेको छ

सहकारी संचालनमा समितिद्वारा नै बल्जफतीको लगानी चिने जानेकोलाई ऋण दिनाले उत्पन्न समस्याबाट अन्तिममा अध्यक्षलाई नै पूर्ण दोस लगाउदै अन्य समिति सदस्यले पन्छिने प्रवृति पनि हाल सहकारीहरुमा देखिन थालेको छ

घरजग्गामा जथाभावी लगानी गरेर सहकारी संस्थाहरु डुब्न थालेपछि सहकारी विभागले त्यसमा लगानी नगर्न निर्देशन दिएको छ। विभागले कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने स-साना व्यवसायमा लगानी गर्ने र स्थिर सम्पत्तिहरुमा (मुख्यगरी घरजग्गा) कर्जा लगानी नगर्न कडा निर्देशन जारी गरेको छ।

विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारी संस्थामा समस्या देखिन थालेपछि घरजग्गामा लगानी नगर्न निर्देशन दिएको बताए। ‘बजारमा अहिले सहकारी संस्थाहरुमा देखिएको समस्या एउटा र मौद्रिक नीति तथा तरलता यी दुईवटा कुरालाई आधार मानेर हामीले निर्देशन जारी गरेका हौं। जथाभावी लगानी गरेर जोखिम नउठाउन हामीले निर्देशन जारी गरेका हौं। बचतकर्तासँगै सेयर सदस्यहरु हुनुहुन्छ उहाँहरुलाई पनि चनाखो रहन हामीले सचेत गराएका हौं,’ उपाध्यायले बिजमाण्डूसँग भने।

सहकारी संस्थाहरुलाई आवधिक र ठूलो बचत संकलनमा भन्दा नियमित बचतमा जोड दिन विभागले भनेको छ। विभागले बचतकर्ता सदस्यहरुसँग नियमित भेटघाट गरी बचत फिर्ता भुक्तानी कहिले चाहिने हो, भुक्तानीको अग्रिम तालिका बनाएर नियमित भुक्तानी गर्न समेत समेत गराएको छ।

बचतकर्ताहरुलाई संस्थाको वस्तुगत स्थिति जानकारी गराउन समेत विभागले निर्देशन दिएको छ।

संचालन घाटामा रहेका संस्थाहरुले नाफामा सञ्चालन नहुन्जेलसम्म सेयर लाभांश र कर्मचारी बोनस कोषको रकम वितरण नगर्नेदेखि संचालकको सुविधा कटौती गर्न निर्देशन जारी गरेको छ।

प्रशासनिक खर्च घटाउने, बिना योजना खोलिएका वा घाटामा चलेका शाखा वा सेवा केन्द्रहरु पनि बन्द गर्न विभागले निर्देशन जारी गरेको छ।
केही समययता काठमाडौं उपत्यकासहित धेरै जिल्लामा बचतकर्ताहरु सहकारी संस्थामा आफूले जम्मा गरेको रकम धमाधम झिक्न थालेपछि विभागले निर्देशन जारी गरेको हो।

ओरियन्टल, सिभिल, गुडविल, प्रज्ञान, देउरालीसहित गौतमश्री सहकारीले बचतकर्ताको रकम हिनामिना भएपछि सहकारीमाथि अविश्वास गर्दै निक्षेप झिक्न चाहने बढ्दै गएका छन्। बचत हतार-हतार झिक्न आउनेको भीड बढ्न थालेपछि सहकारीहरु दबाबमा परिरहेका छन्।

छिटो छिटो बढी नाफा कमाउने लोभमा परेर सहकारी संस्थाहरुले घरजग्गा र सेयरमा जथाभावी लगानी गर्दा संस्था नै टाट पल्टिँदै गएका छन्। बचतकर्ता र सेयर सदस्यहरुको पैसा लिएर सञ्चालकहरु नै फरार हुने क्रम बढेपछि विभागले आफ्नो ध्यानकर्षण भएको भन्दै निर्देशन जारी गरेको छ।

सहकारी क्षेत्र प्रति नै अविश्वास बढ्दै गएको आन्तरिक मूल्यांकन गर्दै विभागले सहकारी संस्था, सहकारीका सेयर सदस्य र केन्द्रिय संघ/सहकारी बैंकहरुलाई एकीकृत निर्देशन जारी गरेको छ। विभागले सेयर सदस्य प्राप्त भएपछि बचत राख्ने र तीन महिनापछि मात्रै ऋण लिन आग्रह गरेको छ।

Leave a Comment