![]()
पिपुल्स न्युज काठमाडौँ — जग्गाको वर्गीकरण र सिफारिससम्बन्धी सरकारको नयाँ निर्देशनले नयाँ कित्ताकाट गरेर हुने कारोबार ठप्प भए पनि प्लटिङको काम रोकिएको छैन । नयाँ निर्देशनअनुसार जग्गाको वर्गीकरण भइनसकेको र स्थानीय भूउपयोग परिषद्ले काम सुरु नगरेकाले यस्तो कारोबार ठप्प बनेको हो । सरकारले हालै जारी गरेको भूउपयोगसम्बन्धी नियमावलीमा हरेक पालिकाले आफ्नो क्षेत्रभित्र रहेको जग्गालाई कृषि, गैरकृषि, औद्योगिकलगायत १० प्रकारमा वर्गीकरण गर्नुपर्नेछ ।