![]()
बैंकिङ कसुरमा पक्राउ परेका बूनपा -४,का राजाराम खड्कामाथि अनुसन्धान जारी – DSP मैनाली रिपोर्टर : बूढानीलकण्ठ नगरपालिका वडा नं, ४ निवासी राजाराम खड्का पक्राउ परेको १५ दिन पुगेको छ । बैंकिङ कसुरमा पक्राउ परेका खड्कालाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता तथा डिएसपी दिनेश मैनालीले जानकारी दिए । उनका अनुसार अझै केहि दिन अनुसन्धान गर्न समय लाग्ने र त्यसपश्चात रिपोर्ट ( केस ) सरकारी वकिलको कार्यालयमा जाने प्रवक्ता मैनालीको भनाइ रहेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका कार्यालय प्रमुख डिएसपी प्रमेश विष्टका अनुसार करिब दुई साता अघि पक्राउ परेका खड्कामाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । बूढानीलकण्ठ -४, स्थानीयका अनुसार खड्का नेकपा (एमाले ) को बूढानीलकण्ठ नगर कमिटी सदस्य तथा पुर्व वडा कमिटी अध्यक्ष रहेको खुलेको छ ।