जर्मनीले युक्रेनका लागि हतियार र मिसाइल पठाउने

Loading

पिपुल्स न्युज किभ : युक्रेन हमलाको तेस्रो दिन रुसले युक्रेनमाथिको आक्रमण तीव्र ब नाएको छ । यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विभिन्न देशबाट समर्थन जुटाइरहेका छन् । सोही समयमा जर्मनीले युक्रेन सम्बन्धित नीतिमा ठूलो परिवर्तन गरेको छ । जर्मनीले युक्रेनलाई हतियार पठाउने भएको जर्मन चान्सलर ओलाफ शुल्ट्जले बताए । उनले जर्मनीले युक्रेनलाई १ हजार ट्याङ्क विरोधी हतियार र ५ सय वटा सतहबाट हावामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र पठाउने बताए ।  जर्मनीले युक्रेनमा रूसको आक्रमणको निन्दा गरेको छ। यस प्रक्रियामा द्वन्द्व वा युद्ध क्षेत्रहरूमा हतियारको निर्यातमा प्रतिबन्ध लगाउने आफ्नो पुरानो नीति परिवर्तन गरेको छ । युक्रेनका राष्ट्रपतिले जर्मनीको यो कदमको प्रशंसा गरेका छन् ।

यो सँगै जर्मनीको यातायात मन्त्रीले रुसी एयरलाइन्सलाई आफ्नो हवाई क्षेत्रमा रोक्ने बताएकी छन् । इस्टोनिया, पोल्याण्ड, बुल्गेरिया र चेक रिपब्लिकले पनि रुसवीरूद्ध यस्तै प्रतिबन्ध लगाएका छन् । युक्रेनलाई धेरै देशले सहयोग गरिरहेका छन्। आक्रमणको तेस्रो दिन, युक्रेनले पश्चिमी देशहरूबाट हतियारसम्बन्धी सहयोगको आश्वासन पाएको छ । अमेरिकी विदेश मन्त्रालयले युक्रेनलाई जेभलिन एन्टी ट्याङ्क मिसाइल, एन्टि-एयरक्राफ्ट सिस्टम सहित ३५० मिलियन डलर बराबरको हतियार पठाउने बताएको छ । जर्मनीले युक्रेनलाई हजारौं एन्टिट्याङ्की हतियार र ५०० सतहबाट हावामा हान्न सक्ने मिसाइल पठाउनेछ । नेदरल्याण्डले युक्रेनलाई ५० वटा ट्याङ्क विरोधी हतियार र ४०० रकेट दिनेछ । नेटोले पूर्वी युरोपमा थप सेना तैनाथ गर्न थालिसकेको छ। बीबीसी

Leave a Comment