सुनको मूल्य घट्यो

Loading

People’s News : सुनको भाउ मंगलबार  प्रतितोलामा ६ सय रुपैयाँको दरले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार  छापावाल सुनको भाउ तोलाको ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९८ हजार २०० रपैयाँमा कारोबार भएको थियो। यसैगरी मंगलबार तेजावी सुनको भाउ तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँको दरले घटेको छ। सोमबार एक हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ३३५ रुपैयाँमा  निर्धारण भएको छ।

Leave a Comment