ग्यास लाने पाइपलाइनमा विस्फोट : के हुन्छ यसको असर?

Loading

पिपुल्स न्युज किभ : रुसी सेनाले युक्रेनको तेल र ग्यास स्रोतमा नै क्रमश आक्रमण गरिरहेको छ । युक्रेनका धेरै भागबाट यस्ता आक्रमण भइरहेका खबर आएका छन् । राजधानी किभबाट ३० किलोमिटर टाढा रहेको भासिल्किएभ आयल टर्मिनलमा मिसाइल प्रहार गरिएको छ । आक्रमणको भिडियो फुटेजमा टर्मिनलमा आगलागी भएको देख्न सकिन्छ । यो हमलापछि पूरै क्षेत्रमा आँधी फैलिएको छ ।

राजधानी कीभमा हावा विषाक्त भएकोले झ्यालहरु बन्द गरेर बस्ने आदेश जारी गरिएको छ ।  शत्रुहरु सबै कुरा नष्ट गर्न लागिपरेका सहरका मेयर नतालिया बालासिनोविचले बताए । युक्रेनको पूर्वमा रुस समर्थित विद्रोहीले रोभेन्की सहरमा रहेको एउटा आयल टर्मिनल पनि उडाएको छ । रुसी सेनाले युक्रेनको पूर्वमा रहेको देशको दोस्रो ठूलो सहर खार्किभको प्राकृतिक ग्यास पाइपलाइनमा विस्फोट गराएको छ । यो सहर रुसी सिमाना नजिक छ  ।  यो पाइपलाइनमा विष्फोट भएपछि रुसी ग्यास युरोप पुग्छ कि पुग्दैन भन्ने स्पष्ट छैन ।

Leave a Comment