अनुमोदन गर्न ९ पटक किन बोलाइयो संसद् बैठक

Loading

पिपुल्स न्युज  : माघ १६ मा एमसीसी पेस गर्न संसद् अधिवेशन बोलाइएको थियो। त्यसदिन सुरुवात नै भएन। बैठक २६ गतेलाई सर्‍यो। त्यस दिन पनि बैठक बसेन। फागुन २, ४ र ६ का बैठक पनि एमसीसी प्रस्ताव पेस नभई सरे। फागुन ८ गते अनुमोदनका लागि पेस भयो।

अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुपर्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरे। छलफलका लागि १२ गते मिति तोकियो। तर, बैठक बसेन। १३ गतेको बैठक पनि स्थगित भयो। शीर्ष नेताको एमसीसी केन्द्रित दौडधुप भए। अन्ततः १५ गते सत्तारुढ दलकै सहमतिमा पेस भएर बहुमतको साथ अनुमोदन भयो

Leave a Comment