एमसीसीबारे पत्राचार गर्ने देउवा र दाहाललाई कारबाही गर्नुपर्छ: नेता रावल

Loading

पिपुल्स न्युज : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का नेता भीम रावलले एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई कारबाही गर्नुपर्ने बताएका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता रावलले राष्ट्रको स्वाधिनता माथिनै गम्भीर आँच आउने सो सम्झौंता अनुमोदन गर्छौं भनेर प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसीसीलाई पत्राचार गरेको भन्दै दुवै नेतालाई कारबाही गर्नुपर्ने बताएका हुन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले सो बारे छानविन गर्न पनि समितिसँग आग्रह गरे । उनले प्रतिनिधिसभामा विचाराधीन सो विषयमा पत्राचार गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै आपत्ति जनाए । सोही क्रममा नेता रावलले राष्ट्रको स्वाभिमान झुक्ने गरी प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसीसीलाई पत्राचार गरेर कूटनीतिक क्षेत्रमा अमर्यादित व्यवहार प्रदर्शन गरेको पनि बताए । बैठकमा बोल्दै सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले एमसीसीजस्तो गम्भीर विषयमा खुलस्त छलफल गर्न संसद सुचारु गराउने वातावरण बनाई दिन एमाले नेता रावलसँग आग्रह गरे । उनले एमसीसीको विषयलाई लिएर सरकारलाई मात्रै आलोचना गर्न नहुने पनि बताए । यता, सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले एमसीसी जनमत संग्रह गरेर अनुमोदन गर्ने वा नगर्ने टुंगोमा पु र्‍याउनुपर्ने बताए । उनले एमसीसीले मुलुकको राष्ट्रियतामाथि प्रश्न उठाएको तथ्य नभुल्न पनि सरकार र विभिन्न पार्टीका नेताहरुलाई सचेत गराए । यस्तै, सांसद किरातीले एमसीसीजस्तो विषयमा बोल्न पनि नसक्ने राजनीतिक दलहरु रहेको भन्दै आपत्ति जनाए । copy

Leave a Comment