![]()


पिपुल्स न्युज काठमाडौँ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारले संवैधानिक व्यवस्थाको उलंघन गरिरहेको आ’रोप लगाएका छन् । शनिबार प्रेस चौतारी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।
‘श्रीमानले बनाएको सरकारका प्रधानमन्त्रीले संविधानमा कि’टानी गरिएको व्यवस्थालाई उल्ल’घंन गर्ने धृष्टता गर्दै छन् । कानुनलाई उल्ल’घंन गर्ने धृष्टता कादापी स्वीकार्य हुने छैन ।’ उनले सरकार बेलैमा नसच्चिए देशव्यापी आ’न्दोलन थाल्ने चेतावनी दिएका छन् ।
यसका साथै उनले सरकारले स्थानीय तहको निर्वाचन कानुनमा तोकिएको समय भित्रै गर्नूपर्ने जिकिर गरे । पोखरेलले अहिलेको पाँच दलीय गठबन्ध’नलाई विचार नमिल्नेहरूको झुन्ड भएको संज्ञासमेत दिएका छन् । पाँच दलीय गठबन्ध’नमा आवद्ध’ दलहरूमा विचारको समानता नभएको पोखरेलको टिप्पणी छ ।

यो पनी : मधेसका तीन जिल्लामा एमाले अधिवेशनकाे नयाँ मिति ताेकियाे
नेकपा (एमाले)ले मधेस प्रदेशका तीन जिल्लामा अशिवेशनकाे मिति तय गरेको छ । प्रदेश कमिटीको शुक्रबार साँझकाे बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशन क्रमश: ७-८ फागुन, ९-१० फागुन र ११-१२ फागुनका लागि तय गरेकाे हाे ।
आसन्न निर्वाचनसमेत नजिकै आइसकेकाले प्रदेश अधिवेशनभन्दा अघि जिल्ला अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्नैपर्ने चुनौती रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले बताए । प्रदेशका कतिपय जिल्लामा एक पक्षले अधिवेशन सम्पन्न भइइसकेको बताउदै आएका छ भने अर्को पक्षले विराेध गर्दै आएकाे छ ।
महोत्तरीमा चार केन्द्रीय सदस्यमध्ये दुई जना एउटा कित्तामा र दुई जना अर्को कित्तामा उभिएका छन् । एमाले पोलिटब्युरो सदस्यसमेत रहेका रामदयाल मण्डल र केन्द्रीय सदस्य बुधिनीदेवीले जिल्ला कमिटीका लागि सपथसमेत खुवाए भने केन्द्रीय सदस्यद्वय सरोज यादव र टेकबहादुर बलाम्पाकीले वि’राेध गर्दै आएका छन् । कोभि’डको कारण देखाउदै पूर्वनिर्धारित मितिमा अधिवेशन हुन सकेकाे थिएन ।