कोरोना बिरुद्ध सरकारद्वारा थप निगरानी आवश्यक

Loading

People’s News  : अहिलेको ओमिक्रोन भेरिअन्ट एकदमै घातक प्रकृतिको नरहेका अध्ययनहरूले देखाइरहेकाले विगतको जस्तो चाप स्वास्थ्य संस्थामा नदेखिने आफूहरूलाई लागेको विज्ञहरू बताउँछन् । सङ्क्रमित बढे पनि राजधानीमा भिड घटेको छैन डा. बास्तोला भन्छन्, “दोस्रो लहरमा जुन किसिमको गम्भीर लक्षणहरू देखिएका र अस्पतालहरूमा भर्ना हुने क्रम थियो त्यो अहिलेसम्म सुनिएको छैन। तर जसरी सङ्क्रमण बढिरहेको छ त्यो हेर्दा केही हप्तामा यो उच्चबिन्दुमा पुग्छ। त्यही भएर हामी रोकथामका उपायमा सुरक्षित हुन जरुरी छ । तर सङ्क्रामक रोग विशेषज्ञ डा. बाबुराम मरासिनी यस पटक अस्पतालमा विगतमा जस्तो चाप नदेखिन सक्ने बताउँछन् । उनले भने, “यो तेस्रो लहरको सुरुवात हो जस्तो मलाई लाग्छ। सरकारले पनि यो आमिक्रोन हो कि डेल्टा भेरिअन्ट हो कि स्पष्टसँग भन्न सकेको छैन। ओमिक्रोन हो भने व्यापक सङ्क्रमित बनाए पनि फाट्टफुट्टबाहेक अस्पताल जानुपर्ने अवस्था आउँदैन भनिएको छ किनभने यसले फोक्सोको निमोनिया गराउँदैन । त्यही भएर अस्पतालमा चाप अलिक कम हुने हो की भन्ने आकलन गर्न सकिन्छ । विज्ञहरूले सरकारले खोप केन्द्रहरू विस्तार गर्नुपर्ने र बढी सङ्क्रमण देखिएका क्षेत्रमा निगरानी बढाउनुपर्ने पनि उल्लेख गरेका छन् । सरकारले पौष मसान्तभित्र १९ वर्षको उमेर समूहका दुईतिहाइ नागरिकलाई पूर्ण मात्रा खोप दिने लक्ष्य राखेको छ । उक्त लक्ष्य हासिल गर्न सम्भव नदेखिने सङ्केत देखिएका बेला यसै साता विभिन्न सार्वजनिक सेवाहरू उपभोग गर्न खोप कार्ड अनिवार्य हुनुपर्ने नियम ल्याइएको छ ।

Leave a Comment