विगतमा भएका कमजोरी सुधार गर्नु पर्ने : बिज्ञ

Loading

People’s News : यसअघि गएको चैत-वैशाखमा कोरोनाभाइरसको महामारीको दोस्रो लहरले नेपालको स्वास्थ्यप्रणालीमा रहेका कमी कमजोरीलाई उजागर गरिदिएको थियो । त्यस बेला अस्पतालहरूमा शय्याहरूको अभाव हुनुका साथै अक्सिजन, भेन्टिलेटर र आईसीयू जस्ता अत्यावश्यक संरचनाको अभावका कारण सर्वसाधारणहरूले सास्ती खेप्नुपरेका विवरण आएका थिए । सङ्क्रमणको दर पनि ह्वातै बढेको थियो जसले गर्दा स्वास्थ्यसंस्थाहरूले थेग्नै नसकिने प्रकारको चाप खेप्नुपरेको बताएका थिए । गत वैशाख ८ गते पीसीआर परीक्षण गराउने झन्डै ८,८५० जनामध्ये २५ प्रतिशतभन्दा बढीमा कोभिड-१९ पुष्टि भएको थियो । एकै दिनमा पुष्टि भएका सङ्क्रमितहरूको सङ्ख्या वैशाख २८ गतेसम्म आइपुग्दा वृद्धि भएर ९,४८३ पुगेको थियो जुन हालसम्मकै सर्वाधिक हो । त्यस दिन सार्वजनिक गरिएका विवरणमा २२५ जनाले ज्यान गुमाएको उल्लेख छ । त्यस बेला एक दिनमा करिब ११ सय जना आईसीयूमा र ३०० जना भेन्टिलेटरमा रहेको सरकारी तथ्याङ्क छ । हाल झन्डै २८ सय आईसीयू बेड, एक हजारभन्दा बढी भेन्टिलेटर र १४ हजार अक्सिजन सिलिन्डर मौज्दात रहेको स्वास्थ्य मन्त्रालयले बुधवार जनाएको थियो ।

Leave a Comment