ओमिक्रोन भेरिअन्ट बारे के भन्छन् विज्ञ

Loading

People’s News : इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाखाका पूर्वप्रमुख डा. वासुदेव पाण्डे ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमणको सङ्ख्या बढिरहेको हुनसक्ने बताउँछन् । रक्सौलबाट वीरगन्ज सीमानाका हुँदै नेपाल प्रवेश गर्ने यात्रुको हेल्थ डेस्कमा परीक्षण गरिँदै उनले भने, “हाम्रोमा त्यति राम्रोसँग नमुना सङ्ककल हुन सकेको छैन। यो हिसाबले भन्दा समुदायस्तरमा यो ठूलै लहरको रूपमा सङ्क्रमण फैलिरहेको १० दिनबीचको अवधिमा देखिएको छ ।

धेरै व्यक्तिहरूलाई सङ्क्रमण भइसके पनि परीक्षणमा रहेको कमजोरीका कारण नदेखिएको हुनसक्छ । उनले अरू देशहरूको अनुभव हेर्दा आगामी साताहरूमा सङ्क्रमितको सङ्ख्या अझै वृद्धि हुने उल्लेख गरे । डा. पाण्डे थप्छन्, “अहिलेसम्मको अध्ययनले हेर्दा ओमिक्रोन सजिलैसँग सर्न सक्छ। यसले घाँटीको माथिल्लो भागमा सङ्क्रमण गराउँछ र अहिलेसम्मको अध्ययनले तल फोक्सोमा खासै असर नगर्ने देखाएको छ । श्वासप्रश्वासमा मात्रै असर हुने र दुवै मात्रा खोप लगाएको व्यक्तिलाई पनि सङ्क्रमण हुन सक्ने भएकाले प्राकृतिक रूपमा ‌ओमिक्रोनविरुद्धको एन्टिबडी नआउन्जेलसम्म यो रोग अझै व्यापक रूपमा नै हुन्छ र समुदायमा ४० देखि ५० प्रतिशतलाई भएपछि मात्रै कम भएर जान्छ ।

Leave a Comment