काठमाणडौमा कस्तो छ सङ्क्रमण विस्तारको प्रवृत्ति

Loading

People’s News :  हप्ताअघि १० वर्ष मुनिको उमेर समूहका ११ बालबालिकामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसैगरी ११ देखि २० वर्षको उमेर समूहमा ५६ जना सङ्क्रमित थपिएका थिए। तर शुक्रवारसम्म आइपुग्दा २४ घण्टाको अवधिमा थपिएका १० वर्षमुनिका बालबालिकाको सङ्ख्या ६१ छ। त्यसबाहेक ११ देखि २० वर्षको उमेर समूहका ३५१ जना सङ्क्रमित थपिएका छन्। केही समय अघिबाट मात्रै सरकारले खोपको दायरा विस्तार गर्दै १२ वर्षभन्दा माथिका किशोरकिशोरीलाई पनि खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।

हेटौँडा अस्पतालमा कार्यरत बालरोगसम्बन्धी चिकित्सक डा. राजु सेढाईँ बच्चामा खोपको उपलब्धता नभएका हुनाले पनि सङ्क्रमण बढी देखिएको हुनसक्ने बताउँछन् । उनले भने, “सार्नेहरू भनेको वयस्कहरूले नै हो। किनभने यो समूह भिडभाडमा जान्छ र ल्याएर बच्चाहरूमा सङ्क्रमण गराइदिन्छ। वयस्कहरूले स्वास्थ्यका मापदण्डहरू राम्रोसँग पालना गरिदिने र समयमै खोप लिइदिने हो भने केही हदसम्म यसलाई नियन्त्रण गर्न सकिएला । पछिल्ला दिनमा सबैभन्दा बढी सङ्क्रमण २१ देखि ४० वर्षको उमेर समूहका व्यक्तिमा भइरहेको देखिन्छ । गत शुक्रवार उक्त उमेर समूहभित्र रहेका ३०० जना भन्दा बढीमा सङ्क्रमण देखिएको थियो । अघिल्लो साताको तुलनामा उक्त सङ्ख्या दैनिक अहिले आठ गुनाभन्दा बढीले वृद्धि भएर २५ सय नाघेको छ ।

Leave a Comment