![]()
People’s News : काठमाडौं: नेपालमा एकैदिन ५ हजार बढी कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५०८७ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमितमध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकाको रहेको बताइएको छ। मन्त्रालयका अनुसार संक्रमितमध्ये २६०७ जना काठमाडौं उपत्यकाका रहेका छन्। जसमा काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका हुन्। नेपालमा सक्रिय संक्रमितको संख्या बढेर १८ हजार २३५ पुगेको छ । जसमा १० हजार ८११ सक्रिय संक्रमित काठमाडौं उपत्यकाको रहेको मन्त्रालयले जनाएको छ ।