एकैदिन ५ हजार बढीमा कोरोना संक्रमण, तीन संक्रमितको मृत्यु

Loading

People’s News : काठमाडौं: नेपालमा एकैदिन ५ हजार बढी कोरोना संक्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन ५०८७ जना संक्रमित थपिएका हुन्। देशभरि २० हजार ५६० जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ४२०४ र एन्टिजेनबाट ८८३ जना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा थप ३०६ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप तीन जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो एक हप्तादेखि नेपालमा कोरोना संक्रमितहरुको संख्या ह्वातै बढेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या बढेर १८ हजार २३५  पुगेको छ।

Leave a Comment