![]()
People’s News : काठमाडौं : नेपालमा प्रत्येक पाँच जनामा कोरोना परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक हप्ताको विश्लेषणमा प्रत्येक पाँचजनामा कोरोना परीक्षण गर्दा एकजनामा संक्रमण देखिएको हो । शनिबारदेखि शुक्रबारसम्म कुल ९६ हजार ६ सय ५० जनामा परीक्षण गरिएकोमा सोहि अवधिमा १७ हजार ७ सय १६ जनामा संक्रमण देखिएको हो । गत शनिबार १३ हजार २६४ जनामा परीक्षण गरिएकोमा ९ सय ४४ जनामा संक्रमण देखिएको थियो ।


यस्तै, आइतबार १२ हजार ६ सय ३२ जनामा परीक्षण गरिएकोमा ११ सय ६७ जनामा संक्रमण देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ११ हजार ४२९ जनामा परीक्षण गरिएकोमा १४ सय ४६ जनामा संक्रमण देखिएको थियो । मंगलबार १० हजार ६४८ जनामा परीक्षण गरिएकोमा २४ सय ४४ जनामा संक्रमण देखिएको थियो ।बुधबार १३ हजार ३६ जनामा कोरोना जाँच गर्दा ३ हजार ७५ जनामा संक्रमण देखिएको थियो । बिहीबार १५ हजार ८१ जनामा परीक्षण गर्दा ३५ सय ५३ जनामा संक्रमण देखिएको थियो । शुक्रबार २० हजार ५६० जनामा परीक्षण गर्दा ५ हजार २७ जनामा संक्रमण देखिएको छ।