![]()



People’s News : काठमाडौं: काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई माधव नेपाल नेतृत्व पार्टीको भातृसंस्था अनेरास्ववियूका विद्यार्थीहरुले कालोमोसो दलेका छन्। शिक्षमन्त्री देवेन्द्र पौडेलले शुक्रबार आयोजना गरेको छलफलपछि विद्यार्थीहरुले मन्त्रालयको पहिलो तलामा कालोमोसो दलेका हुन् । अतिरिक्त शुल्क लिएको भन्दै अध्ययनरत विद्यार्थीहरु लामो समयदेखि आन्दोलनरत छन् । सरकारलाई अटेरी गर्दै अतिरिक्त शुल्क लिएको भन्दै कालोमोसो दलेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलेले अन्नपूर्णलाई बताए । हामीले कालोमोसो दलेका हौं । उनी मेडिकल माफिया हुन्, पराजुलीले भने । उनका अनुसार प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले अनरास्ववियूका उपमहासचिव महेश श्रेष्ठ, स्थायी कमिटी सदस्य अमर पुनलगायतलाई नियन्त्रणमा लिएको हो । काठमाडौं मेडिकल कलेजले ६ लाखसम्म अतिरक्ति शुल्क लिएको विरोध विद्यार्थीहरु एक महिनादेखि आन्दोलनरत छन् ।
