ओमिक्रोन फैलिने कार्य तिब्र मानिसद्वारा चरम लापरबाही भै रहेको छ : बिज्ञ

Loading

पिपुल्स न्युज काठमाडौँ : ओमिक्रोन भाइरसलाई मानिसद्वारा गरिएको हेलचकराई को कारण बिस्व स्तरमा फैलिने कार्य तिब्रगतिमा हुदै बेलायतमा पनि दुई जनामा नयाँ कोभिड भेरियन्ट ओमिक्रोन संक्रमित भेटिएका छन्।

चेल्म्सफोर्ड, एसेक्स र नटिङ्घममा नयाँ केस फेला परेको बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पुष्टि गरेका हुन्। नयाँ भेरियन्ट दक्षिण अफ्रिका, बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा यसअघि नै पहिचान गरिएको छ।

बेल्जियम लगायतका मुलुकमा पनि यो भाइरस देखिन थालेपछि यात्रा प्रतिबन्धमा थप कडाइ गर्न थालिएको छ।**

बेलायत सरकारले शुक्रबार नै थप ६ वटा मुलुकलाई सोमबारबाट यात्रा प्रतिबन्धको रेड लिष्टमा राख्ने घोषणा गरेको थियो । शनिबार एंगोला, मोजाम्बिक, मालावी र जाम्बियालाई पनि रेड लिष्टको सूचीमा राख्ने भएको छ।

नयाँ भाइरसका कारण बेलायत सरकारले सोमबार बिहान ४ बजेबाट लागू हुने गरि १० ओटा मुलुकलाई रेड लिष्टमा राखेको छ। रेड लिष्ट अन्तर्गतका मुलुकबाट बेलायत आउँदा १० दिन अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ।

Leave a Comment